झापा क्षेत्र नं ५ बाट ओली सिफारिस

झापा क्षेत्र नं ५ बाट ओली सिफारिस

केन्द्रबिन्दु
0
Shares

बनियानी, झापा, १९ असोज (रासस) ः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस शुरु गरेको छ । 

झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिनुभयो । 

झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताउनुभयो । 

Logo