एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक : मोहनविक्रम सिंह

एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक : मोहनविक्रम सिंह

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ असोज ।

नेकपा (मसाल)ले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालको चुनावी तालमेल तथा एकीकरण गर्ने घोषणालाई सकारात्मक रुपमा लिए पनि त्यो एकता वामएकता हुन नसक्ने जनाएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको एक विज्ञप्तिमा सैद्धान्तिक र राजनीतिक रूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने भनिएको छ ।

तर उनले यो घोषणाले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपुर्याउने तथा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुने खतरा देखिएको जनाएका छन् ।

मसालले माओवादी केन्द्रले नेपाली काँग्रेससँग मिलेर गठबन्धन सरकारको निर्माण गर्ने कार्य गलत भएको जनाउँदै आएको सन्दर्भमा एमालेसहित एकीकरणका लागि गरेको प्रयत्न एउटा साहसिलो र सकारात्मक कदम भएको ठहर गरेको छ ।

मसालले आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसँग तालमेलको आफ्नो नीति खुला रहेको पनि जनाएको छ । मसालको खुला संगठन राष्ट्रिय जनमोर्चाले निर्वाचनमा भाग लिँदै आएको छ ।

Logo