प्रम देउवा र प्रचण्डबीच राजनीतिक छलफल

प्रम देउवा र प्रचण्डबीच राजनीतिक छलफल

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददादता । काठमाडौं, १७ असोज ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि माओवादी केन्द्र, एमाले र अन्य वामपन्थी दलबीच तालमेलको चर्चा चलेकै बीचमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच कुराकानी भएको हो ।

काँग्रेसले वर्तमान गठबन्धन कायम राखेर निर्वाचनमा जान माओवादी केन्द्रसँग प्रस्ताव गर्दै आएको छ भने केन्द्रले नेकपा (एमाले) सँगको तालमेल र पार्टी एकताका लागि वार्ता अघि बढाएको छ ।

वाम चुनावी तालमेल भए पनि माओवादीले सरकारलाई गर्दै आइरहेको समर्थन फिर्ता नलिने भएको छ । चुनावसम्मै यही सरकार कायम रहने समझदारी कायम भएको पनि जनाइएको छ ।

Logo