सप्तरीको कन्चनरुप प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

सप्तरीको कन्चनरुप प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ असोज ।

सप्तरीको कन्चनरुप नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुखमा एमालेका बसन्त मिश्र ५०४२ मत प्राप्त गरी निर्वाचति भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका ललन गुप्ताले ४२७५ मत प्राप्त गरे ।

उपप्रमुखको पदमा भने एमाले पछाडि धकेलियो । यस पदमा नेपाली कांग्रेसकी निरु पोखरेलले बाजी मारिन । उनी ४७५८ मत प्राप्त गरेर विजयी हुँदा एमालेकी आशरादेवी चौधरीले ४५२२ मत प्राप्त गरिन् ।

उपप्रमुख निर्वाचित पोखरेल फोरम लोकतान्त्रिकका सांसद सुबोधकुमार पोखरेलकी पत्नी हुन् ।

 

Logo