राजविराजको मतगणना पुनःशुरु

राजविराजको मतगणना पुनःशुरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ असोज ।

पछिल्ला दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज अपराह्नदेखि पुनः शुरु भएको छ ।

निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका–१ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।

Logo