जनकपुर उपमहानगरपालिकाको प्रमुख-उपप्रमुख दुवैमा राजपा विजयी

जनकपुर उपमहानगरपालिकाको प्रमुख-उपप्रमुख दुवैमा राजपा विजयी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ असोज ।

प्रदेश २ को बहुप्रतीक्षित जनकपुर उपमहानगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी नेपालका लालकिशोर साह निर्वाचित भएका छन्।

आइतबार सार्वजनिक मत परिणामअनुसार साहले २१ हजार ९०३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोजकुमार साह सुडीले ११ हजार १६४ मत ल्याए।

नेकपा एमालेका लक्ष्मीनारायण भगत तेस्रो स्थानमा रहे । उनले ४ हजार ७६५ मत पाए। यसैगरी संघीय समाजवादी फोरमका विष्णुदेव साहले ४ हजार २६२ मत पाए।

उपप्रमुखमा पनि राजपाकी रीताकुमारी मिश्र १७१४७ मतसहित विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी पनि कांग्रेसकै मिलनदेवी कर्ण रहिन् जसले १०६०५ मत ल्याइन्।

तेस्रो स्थानमा रहेकी एमालेकी पूनमकुमारी मिश्रले ४९७२ मत ल्याइन् भने संघीय समाजवादी फोरमकी रीताकुमारी यादवले ४ हजार २ सय ६२ मत पाइन्।

Logo