पोखरिया नगरपालिका प्रमुखमा नेपाली जनता दल

पोखरिया नगरपालिका प्रमुखमा नेपाली जनता दल

केन्द्रबिन्दु
0
Shares

पर्सा, ७ असोज । पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा नेपाली जनता दल र उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । 

जनता दलका दीपनारायण रौनियार (मन्टु)ले तीन हजार २६ मत प्राप्त गरी प्रमुखमा विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका प्रद्युन चौहानले दुई हजार ७६७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै उपप्रमुखमा फोरम नेपालका सलमा खातुनले दुई हजार ७०४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता दलकी बिनादेवी बैठाले दुई हजार ४९५ मत प्राप्त गरेका छन् । रासस

Logo