अझै सुरु भएन राजविराज नगरपालिकाको मतगणना

अझै सुरु भएन राजविराज नगरपालिकाको मतगणना

केन्द्रबिन्दु
0
Shares

राजविराज, ७ असोज । गएरातिदेखि स्थगित भएको सप्तरीको राजविराज नगरपालिकाको मतगणना अझै सुरु हुन् सकेको छैन ।  

राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए । लागतै निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको थियो । 

राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ।

Logo