जलेश्वरमा राजपा विजयी

जलेश्वरमा राजपा विजयी

केन्द्रबिन्दु
0
Shares

गौशाला, ७ असोज । जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखमा राजपा नेपाल विजयी भएको छ । 

प्रमुखमा रामशङ्कर मिश्रले पाँच हजार १८० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले तीन हजार ३६१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए । 

त्यस्तै उपप्रमुखमा राजपाकै मुनचुनदेवी महतोले चार हजार ५६६ मत प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसका अनितादेवी शर्माले दुई हजार ७१६ मत प्राप्त गरे । 

त्यस्तै बर्दिवास नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा विदुरकुमार कार्कीले नौ हजार १८७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रल्हाद क्षेत्रीले आठ हजार १७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए । 

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतमले आठ हजार ८३५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसकै तारादेवी महतोले सात हजार २३ मत प्राप्त गरेका छन् । रासस

Logo