स्वर्णपुर गाउँपालिकामा समाजवादी फोरम बिजयी

स्वर्णपुर गाउँपालिकामा समाजवादी फोरम बिजयी

केन्द्रबिन्दु
0
Shares

कलैया, ७ असोज । संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ । 

प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव तीन हजार ६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राकेश यादवले दुई हजार ६९० मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा फोरमकै बबिता यादव तीन हजार ४७५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मदिफन खातुनले एक हजार ९८७ मत प्राप्त गरेका छन् । रासस

Logo