६३ स्थानीय तहसहित ८९० वडाको मत परिणाम सार्वजनिक (सूचीसहित)

६३ स्थानीय तहसहित ८९० वडाको मत परिणाम सार्वजनिक (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६ असोज ।

यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६३ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज अपराह्न प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका २३, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका १२–१२, राष्ट्रिय जनता पार्टी नेपालका १०, नेकपा (एमाले)का ८, नेपाल लोकतान्त्रिक फोरमका २ र नेपाली जनता दलका उम्मेदवार १ स्थानीय तहमा विजयी भएका छन् ।

यसैगरी अहिलेसम्म ८९० वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

मतगणना बाँकी रहेका ७३ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्ण रूपमा जारी छ ।

प्रमुख दलहरूको अवस्था :

नेपाली कांग्रेस –               २३ विजय   (अग्रता–१७)

नेकपा माओवादी केन्द्र –     १२  विजय   (अग्रता–११)

संघीय समाजवादी फोरम – १२ विजय   (अग्रता–१४)

राष्ट्रिय जनता दल –       १० विजय   (अग्रता–१२)

नेकपा एमाले –             ८ विजय    (अग्रता–११)

नेपाल लोकतान्त्रिक फोरम –  २ विजय (अग्रता–१)

नेपाली जनता दल –         १ विजय (अग्रता–१)

Logo