धनुषाधाम र पर्सागढी दुवै नगरपालिकामा काँग्रेस विजयी

धनुषाधाम र पर्सागढी दुवै नगरपालिकामा काँग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम, ६ असोज ।

धनुषाधाम र पर्सागढी दुई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् ।

धनुषाधाम नपा प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी भएका हुन् ।

मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार ५५७ मत र भुजेलका निकटतम प्रतिद्वन्द्वी एमालेकै अम्बिका विक तीन हजार ७०३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

यसैगरी, पर्साको पर्सागढी नगरपालिकाका प्रमुखमा लोकनारायण यादव तीन हजार ९६५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले तीन हजार ८९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा अर्चाना चौधरीले चार हजार ५५९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्न्द्वी एमालेकै कालिका चौधरीले तीन हजार ६५० मत प्राप्त गरिन् ।

त्यस्तै, सो नगरपालिकाको वडा नं. १, ४, ६ र ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः तुलाराम महतो, समसुदिन देवान, कृष्णलाल अहिर र कृष्णदेव यादव विजयी भएका छन् ।

वडा नं. २, ३ र ९ को वडाध्यक्षमा एमालेका क्रमशः बेदमन थारु, उद्धवबहादुर उप्रेती र रामनारायणप्रसाद गौरो विजयी भएका छन् भने वडा नं. ५ र ७ मा संघीय समाजवादी फोरम नेपालका असलम देवान र रामजी साह तेली विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

Logo