काठाडौं ५ असोज । सरकारले गरेको शिक्षा ऐनको नवौँ संशोधनप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन । संयुक्त विद्यार्थी संगठनले रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर यस्तो स्रशोधन गरिएको शिक्षा ऐन तुरुन्त फिर्ता नगरे आन्दोलनमा उत्रने सरकारलाई चेतावनी समेत दिएको छ । "/>

शिक्षा ऐनको नवौं संशोधन विरुद्ध विद्यार्थी संगठनहरु आन्दोलित

शिक्षा ऐनको नवौं संशोधन विरुद्ध विद्यार्थी संगठनहरु आन्दोलित

केन्द्रबिन्दु
0
Shares

काठाडौं ५ असोज । सरकारले गरेको शिक्षा ऐनको नवौँ संशोधनप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन । संयुक्त विद्यार्थी संगठनले रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर यस्तो स्रशोधन गरिएको शिक्षा ऐन तुरुन्त फिर्ता नगरे आन्दोलनमा उत्रने सरकारलाई चेतावनी समेत दिएको छ ।

एकातर्फ राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षामा केही गर्न खोजेको जस्तो देखाए पनि त्यसको औचित्य माथी ठूलो प्रश्नचिन्ह खडागर्ने गरी शिक्षा ऐनको नबौ संशोधन गरेर सरकारले दोहोरो चरित्र देखाएको पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरुले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्वविुकी अध्यक्ष नविना लामाले विद्यार्थीमारा उक्त संशोधन तत्काल फिर्ता नलिए आम विद्यार्थीहरुको हक, हित र अधिकार रक्षाको लागि कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइन ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादव, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्रलगायतले आफ्ना जायज माँगहरु समयमै पूरा नगरिए सडक आन्दोलन थाल्ने चेतावनी दिएका छन ।

विज्ञप्तिमा नेविसंघ अध्यक्ष नैनसिंह महर,अनेरास्ववियु अध्यक्ष नविना लामा,अखिल(क्रान्तिकारी)अध्यक्ष रञ्जित तामाङ,नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कप्लेश्वर यादव,अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेल र अखिल (पाँचौ) का अध्यक्ष घनश्याम मिश्रले हस्ताक्षर गरेका छन्।

Logo