प्रदेश २ अपडेट : २७ तहको मतपरिणाम आउँदा माओबादीको ‘जम्प’ (हेर्नुहोस् सूची)

प्रदेश २ अपडेट : २७ तहको मतपरिणाम आउँदा माओबादीको ‘जम्प’ (हेर्नुहोस् सूची)

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, ५ असोज  । सोमबार सम्पन्न भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्बाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म २४ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले ८ स्थानमा जित हात पार्न सफल भएको छ भने नेकपा एमालेले ४ र माओबादी केन्द्रले ५ स्थानमा जित हात पार्न सफल भएको छ । त्यस्तै संघीय समाजवादी फोरमले ३, राजपाले ३, नेपाल लोकतान्त्रिक फोरमले दुई स्थानमा जित हात परेका छन् । 

माओबादीबाट रौतहटको मौलापुर नगरपालिकाको मेयरमा रिना कुमारी साह बिजयी भएका छन् । शाह २ नम्बर प्रदेशकै पहिलो महिला मेयर हुन् । 

 कसले कहाँ कहाँ जिते ?

नेपाली कांग्रेसले जितेका स्थानीय तह- ८ 
१. सिरहाको नवराजपुर गाउँपालिकामा विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव 
२. धनुषाको औरहीमा प्रमुखमा ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी 
३. धनुषाको जनकनन्दनी गाउँपालिकामा अब्दुलबारिक शेख 

४. रौतहटको परोहा नगरपालिकाको मेयरमा शेख वकिल

५. सर्लाहीको धनकौल गाउँपालिकामा राम आश्रय साह

६. सप्तरीको विष्णुपुर गाउँपालिकामा निलाम्बर यादव

७. बाराको करैयामाई गाउँपालिकामा भुमेश्वर चौधरी

८. सप्तरीको बेल्ही चपेन गाउँपालिकामा परमानन्द यादव

९. सर्लाहीको रामनगर गाउँपालिकामा कृष्णप्रसाद बर्मा

 एमालेले जितेका स्थानीय तह- ४ 

१. धनुषाको बटेश्वरमा डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह 
२. सप्तरीको सप्तकोशी नगरपालिकामा उत्तम गौतम 
३. पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा हरिनारायण चौधरी 
४. धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका अध्यक्षमा मनोजकुमार यादव 

माओवादी केन्द्रले जितेका स्थानीय तह- ५  
१. सिरहाको कर्जन्हामा गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ 
२. सिरहाको अर्नमामा विजयी ठकु महतो कोइरी र उपप्रमुखमा सीयावती मुखिया 

३. पर्साको ठोरी गाउँपालिकामा पदमलाल श्रेष्ठ

४. सिरहाको औरही गाउँपालिकामा सिदार्थ यादव 

५. रौतहटको मौलापुर नगरपालिकामा रिना कुमारी साह (पहिलो महिला मेयर)

राष्ट्रिय जनता पार्टी नेपालले जितेका स्थानीय तह- ४  
१. धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर

२. सर्लाहीको कौडेना गाउँपालिकामा रामप्रसाद राय यादव

३. बाराको देवताल गाउँपालिकामा चन्दन कुमारसिंह

४. सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शिवनारायण साह 

संघीय समाजवादी फोरम नेपालले जितेका स्थानीय तह-३ 

१. सिरहाको विष्णपुर गाउँपालिकामा जागेश्वर यादव

२. सिरहाको भगवानपुर गाउँपालिकामा वेचनप्रसाद यादव 

३. सर्लाहीको पर्सा गाउँपालिका

नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह-२ 

१. सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा जवाहरलाल यादव 

२. रौतहटको इशनाथ नगरपालिको अध्यक्षमा सन्तोष मेहता

Logo