राजविराज १५ मा मतदान जारी

राजविराज १५ मा मतदान जारी

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, ५ असोज । उम्मेदवारको मृत्यु भएपछि स्थगित गरिएको प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको राजविराज नगरपालिका वडा नं १५ मा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित भएको निर्वाचन आज भएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ ।

जनता आधारभूत विद्यालय, मुसहरनिया मतदान केन्द्र र आधारभूत विद्यालय देउरी भरुवा मतदान केन्द्रमा मतदान भइरहेको हो । एकहजार ६ सय ४२ मतदाता रहेको वडा नम्बर १५ मा बिहान १० बजेसम्म २५० मतदान भएको जानकारी प्राप्त भएको छ । यादवको मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार वडा नं १५ मा राजपा, नेपालका तर्फबाट वडाध्यक्ष पदका लागि जशकरण मण्डलले असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि असोज २ गते राजविराज नगरपालिकाको १५ वडाबाहेक अन्य वडामा मतदान सम्पन्न भइसकेको छ ।

Logo