प्रदेश २: १५ स्थानको नतिजा सार्वजनिक, एमाले र काँग्रेस बराबर

प्रदेश २: १५ स्थानको नतिजा सार्वजनिक, एमाले र काँग्रेस बराबर

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, ५ असोज  । सोमबार सम्पन्न भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्बाचनको नतिजा आउने रकम जारी छ । अहिलेसम्म १५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेस र नेकपा एमालेले बराबर सिट जितेका छन् भने संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम र माओबादीले बराबर सिट जितेका छन् । 

कसले कहाँ कहाँ जिते ?

 एमालेले जितेका स्थानीय तह

१. धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी
२. सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी
३. पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा एमालेका हरिनारायण चौधरी र उपाध्यक्षमा कांग्रेसका ममता चौधरी विजयी ।
४. धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका अध्यक्षमा एमालेका मनोजकुमार यादव र उपाध्यक्षमा विजयी

नेपाली कांग्रेसले जितेका स्थानीय तह
१. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी ।
२. धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी ।
३. धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अब्दुलबारिक शेख विजयी ।

४. रौतहटको परोहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शेख वकिल बिजयी 

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको कर्जन्हामा माओवादीका गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी
२. सिरहाको अर्नमामा माओवादीका विजयी ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी

संघीय समाजवादी फोरम नेपालले जितेका स्थानीय तह

१. सिरहाको विष्णपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी ।

२. सिरहाको भगवानपुर गाउँपालिका वेचनप्रसाद यादव विजयी

राष्ट्रिय जनता पार्टी नेपालले जितेका स्थानीय तह
१. धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी

नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह

१. सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा जवाहरलाल यादव विजयी

२. रौतहटको इशनाथ नगरपालिको अध्यक्षमा सन्तोष मेहता विजयी

Logo