तारजाली र सीसी क्यामेरा राखेर वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

तारजाली र सीसी क्यामेरा राखेर वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । वीरगञ्ज, ३ असोज ।

सोमबार स्थानीय तह तेस्रो चरण निर्वाचन भएको प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मतगणना सुरु भएको छ । मंगलबार दिउँसो १२ बजे पछि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसभित्र वडा नम्बर १ र ३२ को मतगणना सुरु भएको हो।

स्मरणीय छ, पर्साका १४ स्थानीय तहमध्ये अरुमा भने मंगलबार विहानैदेखि मतगणना सुरु भइसकेको छ।

बिहान ८ बजे बोलाइएको सर्वदलीय बैठक ढिलो सुरु भएका कारण १२ बजेपछि मात्र मतगणना सुरु भएको हो। मतगणनास्थलमा तार जाली राखेर दलका प्रतिनिधिहरुलाई पनि गणनास्थलमा जान नपाउने प्रबन्ध गरिएको छ।

त्यस्तै गणनास्थलमा सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए।

मधेस आन्दोलनको मुख्य केन्द्रविन्दु र नेपाल भारत ब्यापारको मुख्य नाका वीरगञ्ज महानगरपालिकाको नेतृत्व प्रदेश नम्बर २ को प्रमुख चासोको विषय बनेको छ।

वीरगञ्ज नगरप्रमुखमा नेपाली कांग्रेसबाट अजय द्विवेदी, नेकपा एमालेबाट बसुरुद्धिन अन्सारी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, राष्ट्रिय जनता पार्टीबाट राजेशमान सिंह, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

Logo