सर्लाहीको सबैभन्दा विकट क्षेत्रबाट मतपेटिका हेलिकप्टरमा लालबन्दी ल्याइयो

सर्लाहीको सबैभन्दा विकट क्षेत्रबाट मतपेटिका हेलिकप्टरमा लालबन्दी ल्याइयो

केन्द्रबिन्दु
0
Shares

सर्लाही, ३ असोज ।

सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ ।

लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो ।

खोलामा बाढी आएपछि पैदल मार्ग अवरुद्ध भएकाले हेलिकप्टरमार्फत उक्त केन्द्रको मतपेटिका, त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई लालबन्दी ल्याइएको मतदान अधिकृत बाबुराम अधिकारीले जानकारी दिए ।

उक्त मतदान केन्द्रमा जम्मा ८१९ मतदातामध्ये ५८१ मत खसेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले बताए ।

नारायणखोलाकै मोटर दोभान मतदान केन्द्र ९क० र ९ख० बाट भने ट्र्याक्टरमार्फत नै मतपेटिका ल्याइएको थियो ।

चुरेभेगमा पर्ने नारायणखोला सर्लाही जिल्लाको सबैभन्दा विकट मानिन्छ । त्यहाँ अहिलेसम्म सडक पुग्न नसकेका कारण लालबन्दी बजारबाट पत्थरकोटसम्म सवारी साधनमा र त्यहाँबाट दुई घण्टाभन्दा बढी पैदल हिँडेर नारायणखोलासम्म पुग्नुपर्ने बाध्यता छ । रासस

Logo