प्रदेश नं दुईमा ३ बजेसम्म ६३ प्रतिशत मतदान

प्रदेश नं दुईमा ३ बजेसम्म ६३ प्रतिशत मतदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ असोज ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको छ ।

पर्सामा आज भएको स्थानीय तहको निर्वाचनमा ७०–७२ प्रतिशत मतदान भएको छ । पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएका छन् ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा ६२ तथा सप्तरी, पर्सा र सर्लाहीमा ६० –६० प्रतिशत मतदान भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने जानकारी आयोगले दिएको छ ।

Logo