धनुषामा निर्वाचन शान्तिपूर्ण

धनुषामा निर्वाचन शान्तिपूर्ण

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम, २ असोज । 

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुुसार एक घण्टामा ६० देखि ७० मतदाताले मतदान गरिरहेका छन् । 

अठारवटा स्थानीय तह रहेको धनुषा जिल्लामा तीन लाख ८९ हजार ३९१ मतदाताका लागि लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्र राखिएको छ । 

यसैबीच पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले नगराइन वडा नं २ स्थित राजेश्वर निधि मतदान केन्द्रबाट मतदान गरे भने खानेपानी सरसफाइ मन्त्री महेन्द्र यादवले लक्ष्मीनियाँ गाउँपालिकाबाट मतदान गरेको समाचार छ । रासस

Logo