असोज २ गते तराईका आठ जिल्लामा सार्वजनिक बिदा

असोज २ गते तराईका आठ जिल्लामा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३० भदौ ।

नेपाल सरकार (मन्त्रिपरिषद्को) यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा ती जिल्लामा रहेका सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय उल्लेख रहेको राससले जनाएको छ ।

तराईका आठ जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न हुन गइरहेको छ ।

Logo