ससुराली हिडेका गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन

ससुराली हिडेका गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

रोल्पा, ३० भदौ । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती सम्पर्कविहीन भएका छन् । घर्ती बिहीबार रातिदेखि सम्पर्कविहीन भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई अज्ञात समुहले सम्पर्कविहीन बनाएको हो । अध्यक्ष घर्तीको खोजीका लागि थवाङ आसपासका प्रहरी युनिट, टिलामा रहेको सशस्त्र प्रहरीको टोली, सदरमुकाम लिवाङबाट प्रहरीको एक टोली परिचालन भएको छ ।

Logo