गणपुरक संख्या नपुगेर संसद बैठक स्थगित

गणपुरक संख्या नपुगेर संसद बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २३ भदौ । शुक्रबार बस्न लागेको व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि बैठक स्थगीत भएको हो ।

बैठकमा भूमिसुधारमन्त्री गोपाल दहितले समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । लगतै नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या नभएको भन्दै नियमापत्ति जनाए ।

त्यसपछि सभामुख ओनसरी घर्ती मगरले सांसदको संख्या यकिन गर्न निर्देशन दिएकी थिइन् । बैठकमा १३६ सांसद मात्र उपस्थित भएको पाइएपछि बैठक १५ मिनेटका लागि स्थगीत गरियो ।

Logo