भाषा आयोगले प्रधानमन्त्रीलाई बुझायो संक्षिप्त प्रतिवेदन

भाषा आयोगले प्रधानमन्त्रीलाई बुझायो संक्षिप्त प्रतिवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भाषा आयोगले आफ्नो संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको छ । 

आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले एक वर्षमा गरिएको मूलभूत कामको समीक्षासहित आज प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा संविधान संवत् हिसाबले भाषाको कार्यान्वयन हुनुपर्ने, सरकारी कामकाजको भाषाबारे स्पष्ट धारणा आउनुपर्ने, भाषाको संरक्षण र विकास, भाषको लिपि, शब्दकोष, व्याकरण, मातृ भाषाको प्रयोग विस्तार र भाषाको अध्ययन अनुसन्धानलाई अत्यन्त महत्वका साथ उठाइएको छ । 

“१२३ वटा भाषामध्ये धेरै भाषा लोप हुने अवस्थामा पुगेका छन्, त्यसमा सरकारले तत्काल ध्यान पु¥याउनुपर्नेलगायतका विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको छ”, अध्यक्ष अवस्थीले भने । रासस

Logo