प्रचण्डले चितवनबाट चुनाब लड्ने

प्रचण्डले चितवनबाट चुनाब लड्ने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

चितवन, २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको चुनावमा आफुले चितवनबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । प्रेस सेन्टरले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय पार्टी कमिटीसँग छलफल गरेर कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तय गर्ने बताए ।

प्रदेश र संसदको चुनाव मंसिर १० र २१ मा गर्ने निर्णय भइसकेको छ र चितवनमा तीन वटा निर्वाचन क्षेत्र बनेको छ । दोस्रो संविधानसभामा सिरहाबाट जिते पनि उनी काठमाडौं १० मा पराजित भएका थिए । भरतपुर महानगरपालिकाको मेयरमा उनकी छोरी रेणु दाहाल निर्वाचित भएकी छन् ।

‘यसअघि जनयुद्धको उद्गमस्थल रोल्पा र राजधानी काठमाडौंलाई जोडने त्यहाँबाट निर्वाचन लडेँ’ माओवादी अध्यक्ष प्रचण्डले भने, ‘म मधेसका जनताको पनि जनप्रतिनिधि भएँ, अब चितवनबाटै निर्वाचन लड्छु ।’ प्रचण्डले भने ।

Logo