मंसीर १० गते चुनाव हुन्छ कि हुदैन थाहा छैन : एमाले कार्यवाहक अध्यक्ष गौतम

मंसीर १० गते चुनाव हुन्छ कि हुदैन थाहा छैन : एमाले कार्यवाहक अध्यक्ष गौतम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ९ भदौ ।  प्रदेश सभा र केन्द्रीय सभाको निर्वाचनका लागि दल दर्ता गर्न पार्टीको विवरणहरु सहित एमाले कार्यवहाक अध्यक्ष बामदेव गौतम निर्वाचन आयोग पुगेका छन् ।  एमालेका अन्य नेताहरु सहित निर्वाचन आयोग पुगेका गौतमले निर्धारित समयमा निर्वाचन हुने कुरामा भने आशंका ब्यक्त गरेका छन् । उनले भने –‘ मंसीर १० गते चुनाव हुन्छ हुन्न् थाहा छैन तर एमालेले चुनवको तयारीका लागी दल दर्ता ग¥यो ।

नियमित स्वास्थ्य चेकजाँचका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड हिडेपछि एमालेको कार्यवहाकको जिम्मेवारी गौतमले पाएका हुन । सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीको क्रममा बामदेवले भने– ‘एमालेलाई घेराबन्दीमा पार्न खोज्नेहरु आफैं सकिने प्रतिक्रिया दिएका छन् ।

गौतमसंग पार्टी नेताहरु सचिव प्रदीप ज्ञावाली, सुवास नेम्बाङ, राजेन्द्र पाण्डे,रधुजी पन्त , अग्नि खरेल लगायतका नेताहरु निर्वाचन आयोगको कार्यलय पुगेका थिए ।

Logo