काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले देशकै शिर
झुकाएको बताएका छन । "/>

प्रधानमन्त्रीले देशको शिर झुकाए : एमाले अध्यक्ष ओली (भिडियो सहित)

प्रधानमन्त्रीले देशको शिर झुकाए : एमाले अध्यक्ष ओली (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले देशकै शिर
झुकाएको बताएका छन ।

नियमित स्वास्थ्य चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान गर्ने क्रममा शुक्रबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको सर्वस्वीकार्यताबारे प्रधानमन्त्रीले भारतमा दिएको अभिव्यक्ति लज्जाजनक समेत रहेको बताएका हुन । प्रधानमन्त्रीले कसैलाई खुसी पार्न यस्तो अभिव्यक्ति दिएको ओलीको आरोप छ। यही संविधानअनुसार प्रधानमन्त्री बनेको र यसैको शपथ लिएको व्यक्तिले अप्रासंगिकरुपमा संविधानको कुरा उठाउनुभयो यो कसलाई खुसी पर्न हो ।

प्रसंगविना नै संविधान संशोधनका बारेमा बोल्नु गलत हो विदेशी भुमिमा संविधान संशोधन गर्न सकिनँ भनेर क्षमायाचना गर्नु लज्जाजनक विषय हो । यसले नेपाल र नेपालीको शिर झुकाएको ओलीले बताए । ओली आगामी बुधबार स्वदेश फर्किने उनका स्वकिय सचिव राजेश वज्रर्चायले जानकारी दिएका छन ।

 

Logo