नियमित उपचारका लागि ओली थाइल्यान्ड जाँदै

नियमित उपचारका लागि ओली थाइल्यान्ड जाँदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ८ भदौ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्यान्ड जाँदै छन् ।

थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनी नियमित स्वास्थ्य उपचारका लागि थाइ राजधानी बैंकक जान लागेका हुन् ।

अध्यक्ष ओलीका साथ उनकी श्रीमती राधिका शाक्य पनि थाइल्यान्ड जाँदै छिन् ।

यसअघि जेठमा उपचारकै लागि बैंकक गएका ओली नियमित स्वास्थ्य उपचारका लागि ६–६ महिनामा बैंकक जाने गरेका छन् ।

उपचारपछि ओली भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Logo