प्रम देउवाको चासो : प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक हुन सक्छ कि सक्दैन ?

प्रम देउवाको चासो : प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक हुन सक्छ कि सक्दैन ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, ३२ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेश र प्रतिनिधि सभा दुवै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गरेका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बोलाएर त्यस विषयमा प्रधानमन्त्रीले जानकारी मागेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री देउवालाई आयोगका तर्फबाट निर्वाचनका लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नका लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइनसकेको अवस्थामा दुईवटै निर्वाचन सञ्चालन गर्न कठिनाइ हुनेबारे जानकारी गराइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

व्यस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्न सम्भव रहेकाबारे प्रधानमन्त्री समक्ष कुरा राखिएको जनाउँदै आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन एकैपटक सञ्चालन गर्न व्यवस्थापकीय हिसाबले कति सम्भव हुन्छ भन्नेबारे आयोगमा थप छलफल गरेर मात्र जानकारी दिनसक्ने बताएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्रीले मुख्य तीन दलका शीर्ष नेतासँग आजै छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने बताएको निर्वाचन आयोगले जनाएको छ ।

 

Logo