काठमाडौँ, ३१ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको छ । "/>

राजपाका सांसद्हरुले बाढी पीडितका लागि १ महिनाको तलब दिने

राजपाका सांसद्हरुले बाढी पीडितका लागि १ महिनाको तलब दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको छ । 

राजपा अध्यक्ष मण्डल र संसदीय दलको सोमबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै पार्टीका नेता कार्यकताका तर्फबाट सबै प्रकारले नगदी र जिन्सी सहयोगका लागि पार्टी सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

राजपाले बाढी प्रभावित स्थानलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी आपत्कालीन विपद् व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । साथै उक्त कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन देशभरिका सबै उद्योगपति, व्यवसायी, स्वदेशी तथा विदेशी संघसंस्था, नियोग र दाता एवं दातृ निकायलाई आग्रह गरिएको पार्टीका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

हानबाट रु पाँच लाख ?

होटल एसोसिएसन नेपाल (हान) ले बाढीपीडितका लागि रु पाँच लाख सहयोग दिने निर्णय गरेको छ । हान पदाधिकारीको आकस्मिक बैठकले बाढीपीडितको सहयोगार्थ प्रभावित क्षेत्रमा उद्धार र राहतको अभियानमा सक्रिय हुने जनाएको छ । 

हानले आफ्ना सदस्य तारे होटलबाट पनि थप सहयोग जुटाउने महासचिव विनायक शाहले बताउनुभयो । त्यस्तै सुनसरी, मोरङ, चितवन, रुपन्देही, परासी, बाँके, बर्दिया लगायत जिल्लामा बाढीबाट प्रभावित पर्यटकको उद्धार आवश्यक भएमा सेवाका लागि २४ सै घण्टा ९८५१० ३१४९५ र ९८५११९१८२७ हटलाइन सेवा शुरु गरिएको छ । रासस 

Logo