संविधान संशोधन विधेयकबारे जुट्यो सहमति

संविधान संशोधन विधेयकबारे जुट्यो सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २५ साउन । संविधान संशोधन विधेयकबारे सरकार र राष्ट्रिय जनता पार्टीबीच सहमति जुटेको छ । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा संसदमा विचाराधीन बिधेयकलाई निर्णयार्थ पेश गर्ने सहमति भएको हो ।

माओ‌वादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधन प्रस्तावमा केही दिनभित्रै मतदान हुने र राजपा चुनावमा सहभागी हुने जानकारी दिए । अब बिधेयकमाथि संसदमा मतदान हुनेछ । मतदानमार्फत संशोधन पास हुने सम्भाबना भने न्यून देखिन्छ ।

सहमतिसंगै राजपा अब हुने तेश्रो चरणको चुनाबमा सहभागी हुने भएको छ । सरकारले प्रदेश नं. २  मा असोज २ गतेलाई चुनाव तोकेको छ ।

Logo