भारत भ्रमणको तयारी राम्रो नभएको भन्दै देउवा रुष्ट

भारत भ्रमणको तयारी राम्रो नभएको भन्दै देउवा रुष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : आफ्नो आसन्न भरत भ्रमणको तयारीले गति लिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि जनाएका छन् । भ्रमण हुन दुई सातामात्र बाँकी रहँदा कुनै पनि एजेण्डाको स्पष्ट खाका उपलब्ध गराउन नसक्ने कर्मचारीको कार्यशैलीप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन् ।

भारतसँग सम्झौता भएका सबै क्षेत्रमा काम हुन नसकेका गुनासा आइरहेको र पुराना सम्झौतालाई फेरि उठाउनुपर्ने भएकाले प्रधानमन्त्रीले सबै कामको प्रगति विवरण र नेपालले राख्नुपर्ने विषय माग गरेका छन् । 

भ्रमणको तयारीबारे उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सम्बन्धित मन्त्रालयका सचिवसँग गरेको छलफलमा प्रधानमन्त्रीको असन्तुसष्टिबारे जानकारी गराएको एक सहभागीले बताए । ‘दुई साता भनेको धेरै समय हो ।

यसमा तपाइँहरूले स्पष्ट खाकासहित विषयगत एजेण्डा तय गर्नुहोला,‘महराले सचिवहरूलाई भने, ‘एजेण्डाको तयारी र हस्ताक्षर हुने विषयमा प्रधानमन्त्रीको पनि चासो छ ।’ उक्त छलफलमा सचिवहरू बिनातयारी आएको परराष्ट्र अधिकारीहरूले बताए ।

‘सबै काम सम्बन्धित मन्त्रालयले गर्ने हो । परराष्ट्रले सबै कामको अवस्थाबारे जनाकारी गराउने र कुनै अडान आए त्यसलाई फुकाउन कूटनीतिक पहल गर्ने नै हो’, परराष्ट्रका उच्च अधिकारीले भन,‘तर परराष्ट्र बैठक बोलाएरु छलपल गर्न चुकेको छ ।  केही छलफलसमेत झारा टार्ने हिसाबले भएका छन् ।  

Logo