राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २४ साउन, काठमाडौं ।

नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको दाबी गर्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी फुटेपछि पहिलो पटक बसेको राप्रपा बैठकले यो निर्णय लिएको हो । राप्रपा विभाजनमा सरकारले परोक्ष भूमिका खेलेको राप्रपाको आरोप छ ।

राप्रपा बैठक शेरबहादुर देउवा नेतृत्वको सरकार मधेस समस्या समाधान गर्न उदासीन भएको, राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको आरोप पनि लगाएको छ ।

‘राष्ट्रवादी एवं हिन्दु राष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने राष्ट्रिय, अन्तराष्ट्रिय गिरोह, शक्ति केन्द्रहरुले धेरै अघिदेखि योजनावद्ध ढंगबाट राप्रपा र यसको नेतृत्वविरुद्ध प्रहार गरेका थिए’ बैठकपछि राप्रपाले भनेको छ, ‘पार्टी विभाजन त्यही श्रृखलाको पछिल्लो कडी हो ।’

वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका छन् । थापा नेतृत्वको राप्रपाले ‘राप्रपा विभाजन गर्ने उद्देश्य राखि आयोगमा २२ गते दिइएको निवेदनमा ४० प्रतिशत केन्द्रीय सदस्यहरुको समर्थन नरहेको प्रष्ट भएकाले अबिलम्ब खारेज गर्न अनुरोध गर्दछ’ भनेको छ ।

 

बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्ति (निर्णय) काे पूर्णपाठ


 

Logo