केन्द्रबिन्दु डेस्क । काठमाडौं, २३ साउन ।
 
रेखा थापा नेपाली सिने जगतकी चर्चित हिरोइन हुन् । "/>

फिल्म हलले पोस्टर फेरे जसरी पार्टी फेर्दै रेखा थापा

फिल्म हलले पोस्टर फेरे जसरी पार्टी फेर्दै रेखा थापा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २३ साउन ।
 
रेखा थापा नेपाली सिने जगतकी चर्चित हिरोइन हुन् । उनले थुप्रै सफल फिल्महरु दिएर यस उद्योगमा योगदान गरेकी छिन् । रेखा आफैंले लगानी गरेर फिल्म समेत बनाएकी छिन् ।

फिल्ममा झैं रेखाको चर्चा राजनीतिमा पनि हुन्छ । तर राजनीतिमा कुनै योगदान गरेर उनको चर्चा भएको भने होइन । जसरी फिल्म हलले पुरानो फिल्म चल्न छाडेपछि पोस्टर च्यातेर नयाँ फिल्मको पोस्टर झुन्ड्याउँछ । त्यसरी नै रेखा थापा एउटा पार्टी कमजोर भएपछि अर्को पार्टीमा सरुवा हुन्छिन् ।

माओवादीको पक्षमा जनलहर सिर्जना भएपछि रेखा अन्य थुप्रै कलाकारसँगै २०६६ सालमा माओवादी प्रवेश गरेकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनपछि माओवादी तेस्रो दलमा के सिमित भएको थियो । रेखाको राजनीतिक सक्रियता ह्वात्तै घट्यो । उनी लामो समय राजनीतिबाट अलग भइन् ।

त्यसपछि गत वर्ष उनलाई राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराए । अहिले कमजोर बन्दै गएका कमल थापाको साथ छाडेर रेखा पशुपति शम्शेर राणाको पछि लागेकी छिन् । उनी पशुपति शमशेर राणा नेतृत्वको  राप्रपा (प्रजातान्त्रिक)मा लागेकी हुन् । यो पार्टी राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेरले गठन गरेको नयाँ पार्टी हो ।

राप्रपाको केन्द्रीय सदस्य थापाले  मंगलबार मध्यान्ह निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत गराएकी छिन् । ८ महिनाअघि राप्रपा प्रवेश गर्दा रेखाले कमल थापाको अडान र व्यक्तित्वबाट प्रभावित भएको बताएकी थिइन् ।

गत फागुनमा भएको राप्रपाको एकताको प्रथम महाधिवेशनबाट कमल थापा अध्यक्ष विजयी भएका थिए भने रेखा केन्द्रीय सदस्य चुनिएकी थिइन् । तर एकताको पहिलो महाधिवेशन नै एकताको अन्तिम महाधिवेशन बन्यो ।

स्थानीय चुनावमा नराम्ररी पराजित भएको राप्रपाभित्र चर्को असन्तुष्टी देखियो । पशुपति शम्शेर राणाले पार्टी फुटाएर  राप्रपा प्रजातान्त्रिक  गठन गरे । राप्रपा प्रजातान्त्रिकले मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

राप्रपा प्रजातान्त्रिक निकट स्रोतका अनुसार निर्वाचन आयोगमा हालसम्म ७० जनाको हाराहारीका  सांसदसहितका केन्द्रीय सदस्यले आफ्नो नाम सनाखत गराएका छन् । 

Logo