भरतपुर महानगरको विकासमा नयाँ नेतृत्वले गर्नुपर्ने ११ काम

भरतपुर महानगरको विकासमा नयाँ नेतृत्वले गर्नुपर्ने ११ काम

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ साउन ।

कांग्रेस-माओवादी गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी छिन् । उनले सपथ लिदैँ भरतपुरलाई देशकै वैकल्पिक राजधानी बनाउने उद्‍घोष गरेकी छिन् । तर अवस्था उनले सोचेजस्तो सहज छैन ।

मेयर पदमा विजयी रेणु विजयी भएपनि भरतपुरको नगरकार्यपालिकामा उनको पार्टीको सानो अंशमात्रै रहनेछ । २९ वटा वडा रहेको महानगरमा माओवादीका ३ जनामात्रै वडा सदस्य विजयी भएका छन् । कांग्रेका १२ र एमाले १४ वडा सदस्य निर्वाचित छन् ।

यस्तो अवस्थामा सत्ता गठबन्धनमा कांग्रेस र माओवादीबीचको समिकरण टुट्यो भने रेणुले एमालेको साथ लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा प्रमुख  उपप्रमुखबीच कार्य शैलीमा अन्तर देखिन सक्छ । 

रेणुको कार्यकाल ५ वर्षको हुनेछ । यी ५ वर्षभित्र कुनै समय एमाले र कांग्रेसबीच सत्ता गठबन्धन तयार भयो त्यसको बाछिटा भरतपुरमा पनि पर्ने छ । अनि रेणुलाई काम गर्न सबैभन्दा धेरै चुनौती हुनेछ ।

तत्कालका लागि कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने रेणुको योजना छ । उपप्रमुखमा विजयी भएकी  पार्वती शाहले पनि कांग्रेस-माओवादीले मिलेर भरतपुरको विकासका लागि कार्यक्रम बनाउने बताएकी छिन् । ‘हामी दुबै महिला छौं । महिलाको शशक्तिकरणका लागि काम गर्नेछौं,’ उनले भनेकी छिन् ।

यस्ता छन् ११ गर्नुपर्ने काम :

१ भरतपुर महानगरपालिकामा जनसंख्या बढ्दो छ । तर शहरी विकासका कार्यक्रम प्रभावकारी छैनन् । २ घन्टा पानी परेको अवस्थामा सडक पानीले भरिएको हुन्छ ।

२ मुख्य सडकहरु साँघुरा छन् । राजमार्गको स्तरोन्नति हुन सकेको छैन । राजमार्ग हुँदै जाने यात्रुहरु वर्षौदेखि घण्टौं लामो जाम र धुलो-धुवाँको मारमा छन् ।

३ मुख्य व्यापारिक केन्द्र नारायणगढ बजारकै सडक अव्यवस्थित छ पर्यटनको प्रचुर संभावना छ । तर जति ध्यान दिनुपर्ने हो राज्यको ध्यान त्यति पुगेको छैन ।

४ जमिनको सही उपयोग हुन सकेको छैन, जलस्रोतको उपयोग, उद्योगको विकास, सम्भावना बोकेको पर्यटन क्षेत्रमा पूर्वाधार अभाव छ।

५ जग्गा प्लटिङका कारण जमिन खण्डीकरण भइरहेको छ ।  पूर्वदेखि पश्चिमसम्मका जनता बसाई सरेर भरतपुर आउने गरेका छन् । तर विकास छैन ।

६ महानगर घोषणा गरिएपनि भरपुरमा पूर्वाधारको अभाव छ । एउटा रंगशाला समेत छैन ।

७ अन्तर्राष्ट्रिय नीति नियम विपरित घना बस्तीमा उद्योगहरु सञ्चालनमा छन् । जनताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।  ती उद्योग हटाउन सहज छैन ।  

८ महानगरमा आचारसंहित विपरीत ठूला-ठूला भवन निर्माण भइरहेका छन् ।

९ सुविधायुक्त भरतपुर अस्पताल र महत्वपूर्ण मानिएको क्यान्सर अस्पताल चितवनमा छ । २ दर्जनभन्दा बढी निजी अस्पताल छन् । तर अझै पनि उपचारका लागि यहाँबाट काठमाडौं वा भारतका ठूला अस्पतालमा जाने चलन अन्त्य भइसकको छैन ।

१० नारायणी र  राप्ती नदीको बाढीले नदी किनारका बस्तीहरुमा समस्या सिर्जना गर्छ । गरिब बस्तीमा अझै पनि विकासका कार्यक्रम पुगेका छैनन् ।

११ महिला शशक्तिकरणमा जोड दिने प्रमुख र उपप्रमुख दुबैको चुनावी नारा थियो । यस विषयमा गम्भिर भएर अघि बढ्न जरुरी छ । 

Logo