काठमाडौँ जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा एमाले विजयी

काठमाडौँ जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२ साउन । काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित हुनुभएको छ । 

आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गर्नु भएकोछ । 

सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार हुनुहुन्छ । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ । रासस 

Logo