भरतपुर अपडेटः रेणु भन्दा देवी ४ मतले अगाडी

भरतपुर अपडेटः रेणु भन्दा देवी ४ मतले अगाडी

केन्द्रबिन्दु
0
Shares

भरतपुर, २१ साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगणना जारी रहेको छ । २० नम्बर वडाको १ हजार ६ मतगणना हुदाँ नेकपा एमालेका देवी ज्ञवाली निकटतम प्रतिद्धन्दि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ४ मतले अगाडी रहेका छन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार एमालेका ज्ञवालीले ४२ हजार ४ सय १८ मत ल्याएर अग्रता हासिल गरेका छन् । मेयर पदका निकटतम प्रतिद्धन्दि दाहालले ४२ हजार ४ सय १४ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

वडा नम्बर १९ को मतगणना हुदाँ ज्ञवालीले दाहाललाई २ सय २१ मतले पछि पारेका थिए भने २० वडाको १ हजार ६ सय मतगणना गर्दा ज्ञवाली भन्दा दाहालले २ सय १७ मत बढी हासिल गरेकी छिन् । वडा नम्बर २० मा कुल ३ हजार ३ सय मत खसेको थियो ।

Logo