भरतपुर अपडेट : १९ वडामा देवीभन्दा रेणुलाई ५५३ मत बढी, समग्रमा देवी २२१ मतले अघि

भरतपुर अपडेट : १९ वडामा देवीभन्दा रेणुलाई ५५३ मत बढी, समग्रमा देवी २२१ मतले अघि

केन्द्रबिन्दु
0
Shares

भरतपुर– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएको छ ।  १९ को मतगणना सकिँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाएकी छिन्   । रेणु एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली भन्दा २२१ मतले छिन् ।

मतपत्र च्यातिएका कारण १९ वडामा पुन: मतदान सुरु हुनअघि एमालेका देवीभन्दा  रेणु ७७४ मतले पछि थिइन् । शुक्रबार भएको निर्वाचनमा यहाँ २ हजार ८ सय ७० मत खसेको थियो ।  भरतपुर १९ पछि अब भरतपुर २० को मतगणना सुरु हुनेछ ।

२० नम्बर वडाको मतगणना बाँकी छँदा ज्ञवालीले ४१ हजार ९४६ मत पाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मत ल्याएकी छन् ।

गत वैशाख ३१ गते भएको मतदानमा वडा नम्बर २० मा ३३ सय २ मत खसेको थियो । यति मत गनिसकेपछि अन्तिम परिणाम सार्वजनिक हुनेछ । 

Logo