भरतपुर अपडेट : ३ हजार ९ सय १ मत गन्न बाँकी छँदा ज्ञवाली २७१ मतले अघि

भरतपुर अपडेट : ३ हजार ९ सय १ मत गन्न बाँकी छँदा ज्ञवाली २७१ मतले अघि

केन्द्रबिन्दु
0
Shares

चितवन : भरतपुर वडा नम्बर १९ को पुन मतदानबाट प्रमुख पदकी उम्मेदवार रेणु दाहालले राम्रो मत ल्याएकी छिन् । उनले यस मतको सहारामा देवी ज्ञवालीसँगकाे मतान्तर निकै कम गरेकी छिन् । 

ज्ञवालीले  ४१ हजार ७७४ मतका साथ अग्रता कायम राखेका छन्। उनलाई पछ्याइरहेकी रेणुले ४१ हजार ५ सय ३ मत ल्याएकी छिन् । 

शुक्रबार राती मतगणना सुरु हुनअघि एमालेका ज्ञवाली कांग्रेस-माओवादी गठबन्धनकी दाहालभन्दा ७७४ मतले अघि थिए । तर भरतपुर १९ को २४ सय १० मतगणना हुँदा यो मतान्तर २ सय ७१ मा झरेको छ । यस वडाको अझै ५ सय ९९ मत गन्न बाँकी नै छ। 

शुक्रबार भएको निर्वाचनमा यहाँ २ हजार ८ सय ७० मत खसेको थियो ।  भरतपुर १९ पछि भरतपुर २० को मतगणना सुरु हुनेछ । गत वैशाख ३१ गते भएको मतदानमा वडा नम्बर २० मा ३३ सय २ मत खसेको थियो।

अब समग्रमा यस महानगरमा कुल ३ हजार ९ सय १ मत गन्न बाँकी छ । यति मत गनिसकेपछि अन्तिम परिणाम सार्वजनिक हुनेछ । 

Logo