३ दलको बैठकमा केपी ओलीले राखे यस्ता प्रश्न

३ दलको बैठकमा केपी ओलीले राखे यस्ता प्रश्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा शुक्रबार सिंहदरबारमा भएको तीन दलका शीर्ष नेता सम्मिलित बैठकले अनशन तोड्न प्रा.डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

बैठकमा प्रधानमन्त्री देउवाले डा.केदारभक्त माथेमा कार्यदलले दिएको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउन प्रस्ताव गरेकोमा एमाले अध्यक्ष केपी ओलीले विमति जनाएका थिए । प्रधानमन्त्री कार्यालयमा भएको छलफलका क्रममा ओलीले ‘भोलि प्रधानमन्त्री बनाइदिनुपर्यो भनेर अनशन बसेँ भने के गर्ने?’ भन्ने प्रश्न गरेका थिए । ‘म त किड्नी फेरेको बिरामी हुँ । धेरै दिन अनशन बस्न सक्दिनँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मलाई प्रधानमन्त्री दिनुपर्यो भनेर अनशन बसेँ भने शेरबहादुरले तीन दिनमै छाड्नुपर्छ ।’ चिकित्सा शिक्षा सुधारका लागि शुल्क, अनियमितता रोक्ने लगायत डा.केसीका केही माग भने सम्बोधन गर्न सकिने ओलीको भनाइ थियो ।

ओलीले डा. केसीले उठाएका माग हुबहु सम्बोधन गर्न नमिल्ने र अहिलेकै विधेयकलाई जस्ताको तस्तै सम्बोधन गर्न नसकिने अडान राखे । प्रधानमन्त्री देउवाले माथेमा कार्यदलअनुसार विधेयक तत्काल अघि बढाउन राखेको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरेका थिए। तर केसीको अनशनकै दबाबमा यस्तो निर्णय गर्दा गलत परम्परा बस्ने पनि दाहालको आशंका थियो ।

Logo