डोटीको बोगटानमा जीप दुर्घटना हुँदा ९ को मृत्यु, ४ जना गम्भीर घाइते

डोटीको बोगटानमा जीप दुर्घटना हुँदा ९ को मृत्यु, ४ जना गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २१ साउन २०७४ ।

डोटी जिल्लास्थित बोगटान गाउँपालिका–६ गगुडामा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा ४ जना गम्भीर घाइते भएका छन्। 

शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप जिप सडकबाट १ किलोमिटर तल भिरमा खस्दा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी शिबहादुर सिंहले जानकारी दिए।

मृत्यु हुनेमा बोगटान गाउँपालिका–१ सिमचौरका विष्णुबहादुर मगर, भीम घर्ती मगर, बुढो घर्ती मगर, गोरख थापा, शशीरामबहादुर पुनमगर, ललितादेवी पुन, टेकबहादुर पुनमगर, चन्द्रबहादुर घर्ती मगर र जिप चालक शिखर नगरपालिका १–कपल्लेकीका कृष्णबहादुर नेघी छन्।

उनीहरू सबैको मृत्यु घटनास्थलमै भएको हो। घाइते ४ जनालाई उपचारका लागि जिल्ला सदरमुकाम लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

 

Logo