भरतपुर अपडेट : अग्रता छोट्याउँदै रेणु

भरतपुर अपडेट : अग्रता छोट्याउँदै रेणु

केन्द्रबिन्दु
0
Shares

वडा नम्बर १९ को पुन मतदानपछि सुरु भएको भरतपुरको मतगणनामा रेणु दाहालले देवी ज्ञवालीसँगको अग्रता छोट्याउन थालेकी छिन् ।

यसअघि वडा नम्बर १९ को मतदानपूर्व एमालेका उम्मेदवार देवी ज्ञवाली कांग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालभन्दा ७ सय ८४ मतले अघि थिए ।

तर भरतपुर १९ को २ हजार ७ मत गन्दा अग्रता घटेर ४ सय ७ मा झरेको छ। यस वडामा अब ८ सय ६३ मत गन्न बाँकी छ ।

शुक्रबार भएको निर्वाचनमा यहाँ २ हजार ८ सय ७० मत खसेको थियो । भरतपुर १९ पछि भरतपुर २० को मतगणना सुरु हुनेछ । गत वैशाख ३१ गते भएको मतदानमा वडा नम्बर २० मा ३३ सय २ मत खसेको थियो ।

Logo