ललितपुर जिससमा काँग्रेसका अम्बर खड्का निर्विरोध

ललितपुर जिससमा काँग्रेसका अम्बर खड्का निर्विरोध

केन्द्रबिन्दु
0
Shares

ललितपुर, २० साउन । ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएका छन् ।

समितिमा आज भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी सदस्यहरूमा काँग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लामा नेपाली विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले बताए ।

समितिको निर्वाचनमा नेपाली काँग्रस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको हो । रासस 

Logo