माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा शर्मा

माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा शर्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९ साउन । नेकपा (माओवादी केन्द्र) संसदीय दलको प्रमुख सचेतकमा पूर्वमन्त्री एवं सांसद रेखा शर्मालाई जिम्मेवारी दिइएको छ । 

सो दलको आज बसेको संसदीय बोर्डको बैठकले उहाँलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । 

संसदीय दलका नेता पुष्पकमल दाहाल‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको बोर्डको बैठकले शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । 

संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री भएपछि माओवादी केन्द्रको रिक्त रहेको प्रमुख सचेतकको पदमा उहाँलाई जिम्मेवारी दिइएको हो । 

बैठकले संघीयता कार्यान्वयनसम्बन्धी व्यवस्थापिका–संसद्का विभिन्न समितिमा रहेका विधेयकलाई अझ परिमार्जन गर्दै छिटोभन्दा छिटो संसद्बाट पारित गराउन पार्टी र संसदीय दलका तर्फबाट विशेष पहल गर्ने निर्णय पनि गरेको सो पार्टीले जनाएको छ । रासस 

Logo