‘वान बेल्ट वान रोड, नेपालको उच्च प्राथमिकता’

‘वान बेल्ट वान रोड, नेपालको उच्च प्राथमिकता’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १९ साउन ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ सम्बन्धी अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको दावी गरेका छन् । मन्त्री बस्नेतले राष्ट्रहितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँदै लगिएको पनि बताए ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–चीन सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तातोपानी नाका खुलाउने काममा चीन सरकारसँग पहल भइरहेको पनि बताए । उनले तातोपानी नाका नखुलेकै कारण मुलुकलाई अर्बौंको राजस्व घाटा भइरहेको पनि जिकिर पनि गरे ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि तातोपानी नाका खुल्न सकेको छैन । मन्त्री बस्नेतले तातोपानी नाका खुलाउन चीन सरकारसँग वर्तमान सरकारले पनि पहल गरिरहेको जानकारी दिए । तातोपानी नाका बन्द हुँदा त्यस वरपरका आर्थिक गतिविधि समेत ठप्प भएका छन् ।

Logo