काठमाडौंको पशुपति क्याम्पसमा तालाबन्दी

काठमाडौंको पशुपति क्याम्पसमा तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९ साउन । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गदै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । 

नेकपा (एमाले) निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र अनुगमन समितिको कार्यकक्षमा ताला लगाएको हो । क्याम्पस प्रमुखको कोठामा यही साउन १२ र अनुगमन समितिको कार्यकक्षमा आजदेखि ताला लगाइएको अखिलका क्याम्पस इकाई अध्यक्ष उत्तर खड्काले जानकारी दिनुभयो । 

क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएपछि क्याम्पस प्रमुख प्रयागराज भट्टराई अन्यत्र बसेर क्याम्पसको काम गरिरहनुभएको छ । आफूहरुसँग गरिएको सहमति कार्यान्वयन नगरेपछि ताला लगाइएको खड्काले बताउनुभयो । 

क्याम्पसमा प्राथमिक उपचार हुनुपर्ने, आन्तरिक परीक्षालाई व्यवस्थित बनाइनुपर्ने, पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तक हुनुपर्ने, आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गरिनुपर्ने, प्रशासनिक काम बिहान र बेलुका हुनुपर्ने लगायतका माग राखी ताला लगाइएको उहाँले जानकारी गराउनुभयो । 

सहायक क्याम्पस प्रमुख कल्याण दाहालले माग जायज भएकाले क्याम्पसले पूरा गर्न प्रयास गरिरहेको बताउनुभयो । रासस 

Logo