वीरगंज उपमेयर र मेयरमा एमाले उम्मेदवार : सोफिया र बसुरूद्धिन

वीरगंज उपमेयर र मेयरमा एमाले उम्मेदवार : सोफिया र बसुरूद्धिन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १९ साउन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वीरगन्ज महानगरपालिकाको मेयर र उपमेयरका लागि पार्टीगत उम्मेदवारहरूको टुंगो लगाएको छ। धुम्बाराही स्रोतका अनुसार, एमाले पर्सा कमिटीको बिहीबार बसेको पार्टी कमिटी बैठकको निर्णयअनुसार मेयरमा बसुरूद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई सिफारिस गरिएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरण निर्वाचन भएको करिब डेढ महिनापछि हुन लागेको प्रदेश नम्बर २ को चुनाव अन्तर्गत पर्ने एकमात्र महानगर वीरगन्जमा एमालेले आफ्ना उम्मेद्वार टुंगो लगाएको हो।

जिल्ला कमिटीमा कुनै विवाद नभएकाले प्रदेश र स्थायी कमिटीले अनुमोदन मात्र गर्न बाँकी रहेको एमाले पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले बताए।

२०७० को संविधानसभा चुनावमा एमालेले पर्साका ४ मध्ये ३ सिट सांसद जितेको थियो ।

Logo