राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय उद्घाटन

राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय उद्घाटन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, १८ साउन ।

राष्ट्रिय जनता पार्टी (राजपा)को नयाँ कार्यालय आजदेखि सञ्चालनमा आएको छ । नयाँ कार्यालय बबहरमहलस्थित मधेसी कर्मचारी संगठनको भवनमा छ ।

मधेस केन्द्रित छवटा दल क्रमशः तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई–मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आज उद्घाटन गरिएको हो ।

राजपाका अध्यक्ष मण्डलका पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र अनिल झाले संयुक्त रूपमा झण्डोत्तलन गेर उद्घाटन गरेका हुन् । अध्यक्ष मण्डलका अर्को नेता राजकिशोर यादव भने उपत्यका बाहिर भएकाले अनुपस्थित थिए ।

कार्यालय सञ्चालनमा आएसँगै राजपाको पदाधिकारी बैठक पनि सुरु भएको छ ।

पार्टी एकीकरणपछि पहिलोपटक बस्न लागेको पदाधिकारी बैठकमा राजनीतिक प्रस्ताव पेस हुने र राजनीतिक प्रस्तावसँगै थप कार्यसूची तय गरिने अध्यक्ष मण्डलका नेता अनिल झाले बताए । बैठक तीन दिनसम्म चल्ने छ ।

Logo