आदिवासी जनजाति दिवस साउन २५ मा

आदिवासी जनजाति दिवस साउन २५ मा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ साउन ।

२३ औं विश्व आदिवासी दिवस, नेपालमा पनि भव्यताका साथ मनाइने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघले २३ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो । महासंघका अध्यक्ष जगतबहादुर बरामले विश्व आदिवासी दिवसलाई भव्यतामा साथ मनाउन आगामी आगामी साउन २५ गते बुधबार काठमाडौंमा भव्य कार्यक्रम आयोजना हुने जानकारी दिनु भयो । दिवसबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालका आदिवासी जनजातिहरुको अधिकार, प्रतिनिधित्व र स्वशासनलाई यस वर्षको मूल नारा बनाइएको पनि स्पष्ट पार्नु भयो ।

महासंघले यस वर्षको आदिवासी जनजाति दिवस देश भित्र र बाहिर पनि विभिन्न कार्यक्रममा साथ मनाउन सुरु गरेको छ । अध्यक्ष बरामले आदिवासी जनजाति दिवसलाई सरकारी स्तरबाटै मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ध्यानाकर्षण गराइएको स्मरण गराउनु भयो । हरेक वर्ष अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर आदिवासी जनजाति दिवस मनाउने गरिन्छ ।

 

Logo