फस्ट लेडी आरजुका लागि खुल्यो बर्दियाको ढोका

फस्ट लेडी आरजुका लागि खुल्यो बर्दियाको ढोका

केन्द्रबिन्दु
0
Shares

 काठमाडौं– का‌ंग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा बर्दियाबाट चुनाव लड्ने योजनामा छिन् । आजको घटना र विचार साप्ताहिकमा समाचार छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु नेपाली काँग्रेसबाट समानुपातिक सांसद समेत छिन्। उनले आफ्नो राजनीतिक कर्मक्षेत्र बर्दियालाई बनाउन लागेको जानकारी प्राप्त भएको छ । पहिले डडेल्धुरमा केन्द्रित आरजुको ध्यान पछिल्लो समय बर्दियातर्फ मोडिएको छ र बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउन जग राख्ने कार्यको आरम्भ भएको छ ।

जानकारी अनुसार आफ्नी आमा एवम् राप्रपा नेतृ प्रतिभा राणालाई जापानका लागि राजदूत नियुत्ती गरेर पठाउनु र बर्दिया काँग्रेसका नेता संजय गौतमलाई सिँचाई मन्त्री बनाउनुको मुल कारण आरजु देउवाका लागि बर्दियाको ढोका खोल्नु भएको बताइन्छ ।

प्रतिभा राणाले बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउँदै आएकोमा उनी राजदूत भएर गएपछि अब चार बर्षसम्म सक्रिय राजनीतिमा फर्कने सम्भावना क्षीण छ । राप्रपाको कोटामा पारेर प्रतिभालाई जापानको राजदूत बनाइएको भएपनि उनलाई राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुको मुख्य भूमिका रहेको थियो ।

त्यस्तै बर्दिया काँग्रेसका सभापतिसमेत रहेका प्रतिभाशाली युवा नेता संजय गौतमलाई  मन्त्री बनाउनका लागि आरजु र प्रधानमन्त्री देउवाको मुख्य भूमिका रहेको बुझिन्छ । गौतमलाई काँग्रेस महामन्त्री शशांक कोइरालाको कोटाबाट मन्त्रिमण्डलमा सामले गरिएको छ ।

यद्यपी कोइरालाको कोटमा बनाइएको भएपनि प्रधानमन्त्री देउवा र आरजुको इच्छाबाट गौतम मन्त्री बनेका हुन् । यसरी गौतमलाई मन्त्री बनाइएपछि भोलिका दिनमा राजनीतिमा आरजुलाई सजिलो हुने विश्वास छ । 

Logo